धनुषामा बिहान ५ देखि १० बजेसम्म कर्फ्यु खुकुलो
- १५ श्रावण २०८३,शुक्रबार Updated
- / 133 Read
जनकपुरधाम, साउन १६ — जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको कर्फ्यु आदेशलाई आंशिक रूपमा खुकुलो बनाएको छ। प्रशासनका अनुसार शनिबार बिहान ५:०० बजेदेखि १०:०० बजेसम्म सर्वसाधारणलाई दूध, तरकारी, फलफूल, खाद्यान्न लगायतका अत्यावश्यक उपभोग्य सामग्री खरिद गर्न सहज होस् भन्ने उद्देश्यले कर्फ्यु आंशिक रूपमा खुला गरिएको हो।
प्रशासनले तोकिएको समयभित्र आवश्यक सामग्री खरिद गरी आफ्ना निवासमा फर्किन तथा त्यसपछि कर्फ्यु आदेशको पूर्ण पालना गर्न सबैमा आग्रह गरेको छ।
यसैबीच, कर्फ्यु अवधिभर पनि अस्पताल, फार्मेसी, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम ढुवानी तथा बिक्री, एम्बुलेन्स, दमकल, शववाहन, खानेपानी तथा दूध बोकेका सवारी, फोहोर व्यवस्थापन लगायतका अत्यावश्यक सेवाहरू भने सञ्चालनमा रहने जनाइएको छ।
त्यसैगरी स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी, रेडक्रसकर्मी, तीर्थयात्री, बिरामी, विमानस्थल जाने–आउने यात्रु तथा उनीहरूलाई लिन–छोड्न जाने व्यक्तिहरू परिचयपत्र वा प्रमाणका आधारमा आवतजावत गर्न सक्ने प्रशासनले जनाएको छ
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR