२ भाद्र २०८३,मंगलवार

कपिलवस्तु : सवारी दुर्घटना, दुई जनाको मृत्यु

  • ८ कार्तिक २०८१,बिहीबार Updated
  • / 312 Read

कपिलवस्तु : सवारी दुर्घटना, दुई जनाको मृत्यु

कपिलवस्तु  कात्तिक ८ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२, गोरुसिंगेमा जिपले अटोलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको बा.प्र.०१–०२९ च. ९१५० नम्बरको जिपले विपरीत दिशाबाट आइरहेको लु.१ ह. ३०९२ नम्बरको अटोलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको  छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार  मृत्यु हुनेमा बुद्ध भूमि नगरपालिका–१०, जनकपुरका ७२ वर्षीया सरस्वती पासी र ७५ वर्षका सावर केवटको मृत्यु भएको छ। दुर्घटनामा अटो चालक  लोकबहादुर कुँवर, यात्रुहरू  विद्यावती पासी, भानमती पासी र जवाहिर अहिर घाइते भएका छन् । घाइतेको  चारै जनालाई  उपचार गर्न  बुटवलमा ल्याएको प्रहरीले जनाएको  छ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page