२९ जेष्ठ २०८३,शुक्रबार

४ जना पक्राउ : पशुलाई निर्दयी व्यवहार गरेको आरोपमा

  • २८ कार्तिक २०८१,बुधबार Updated
  • / 251 Read

४ जना पक्राउ : पशुलाई निर्दयी व्यवहार गरेको आरोपमा

काठमाडौं कात्तिक २८ । पक्राउ पर्नेमा विराटनगर उपमहानगरपालिका–३ मानगणका ३८ वर्षीय हेम श्रेष्ठ, सोही ठाउँका २७ वर्षीय रमेश श्रेष्ठ, सुनसरीको कुसाहा नगरपालिका–१३ नहरचोकका ५५ वर्षीय इसाद आलम र सोही ठाउँका २७ वर्षीय समिम आलम छन् । मंगलबार उजुरी पक्राउ पूर्जी दिएर इलाका प्रहरी कार्यालय गोरुसिंगे कपिलवस्तुले उनीहरुलाई पक्राउ गरेको हो । मंगलबार दिउँसो कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ स्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा .प्र ०३–००१ ख १९९२ नम्बरको ट्रकमा पशुलाई निर्दयी तरिकाले ओसारपसार गरेको पाइएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । त्रिपालले पुरै ट्रक छोपेकाले गोरुलाई स्वासप्रस्वासमा समेत समस्या आएको बताइएको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद लिई अनुसन्धान अघि बढाइएको छ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page