Flash News ::
एकजनाको मृत्यु : प्रहरीको ब्यारिकेडमा ठोक्किएर मोटरसाइकल पल्टिंदा
Posted By -Rakesh Kumar Raut
- १० मंसिर २०८१,सोमबार Updated
- / 222 Read
दाङ मंसिर १० । दाङको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको बागचौर नगरपालिका-३ घर भई हाल तुलसीपुर-९ बेलुवा बस्ने ३० वर्षीय लिलाराम डाँगी रहेको इलाका प्रहरी कार्यालय लमहीका इन्सपेक्टर रकम खड्काले जानकारी दिए । लमही बजारबाट तुलसीपुरतर्फ जाँदै गरेको रा७प ४९५४ नम्बरको मोटरसाइकल रातोडाँडामा रहेको प्रहरीको ब्यारिकेडमा ठोक्किएर आज बिहान चार बजे दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार डाँगीको मृत्यु भएको थियो । उनलाई उपचारका लागि लमही अस्पतालमा लगिएकोमा प्रहरीले मृत घोषणा गरेका थिए । मोटरसाइकल चालक रोशक विकको अवस्था सामान्य छ । उनलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR