२९ जेष्ठ २०८३,शुक्रबार

चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले थाले पूर्वप्रधानमन्त्रीहरूसँग परामर्श :

  • १० मंसिर २०८१,सोमबार Updated
  • / 180 Read

चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले थाले पूर्वप्रधानमन्त्रीहरूसँग परामर्श :

काठमाडौं मंसिर १० । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे सरोकारवालासँग परामर्श गरेका छन् । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुसँग परामर्श गरेका हुन् । प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाँदै छन् । यो मिति घोषणा उनले गत शुक्रबार दरबारमार्गमा आयोजित पार्टीको सभामार्फत् गरेका थिए । प्रधानमन्त्री ओलीले पछिल्लोपटक सत्ता सम्हालेको १०० दिनसम्म पनि भारतबाट भ्रमणको निम्तो नपाएपछि चीन भ्रमणको गृहकार्य सुरु गरेका थिए । सोही गृहकार्यअनुसार नै प्रधानमन्त्री ओलीले आज पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुसँग छलफलमा जुटेका हुन् ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page