Flash News ::
सुनसरी : गोली चलाएर प्रहरीले नियन्त्रणमा लियो ६४१ किलो गाँजा
Posted By -Rakesh Kumar Raut
- १९ मंसिर २०८१,बुधबार Updated
- / 216 Read
विराटनगर मंसिर १९ । सुनसरी प्रहरीले गाँजासहितको गाडी नियन्त्रणमा लिनका लागि गोली चलाएको छ । प्रहरीले धरानमा चार राउण्ड गोली चलाएर गाँजा बरामद गरेको हो । प्रहरीले ६४१ किलो गाँजासहित दुई वटा गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरी प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले बताए । धनकुटाबाट गाँजा लिएर धरान तर्फ आउँदै गरेको गाडी रोकेर चेकजाँच गर्ने क्रममा प्रहरीले गोली चलाएको हो । दुई गाडीका चालक मध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR