दुई जना पक्राउ : झापामा वृद्धाको हत्या
- २३ मंसिर २०८१,आईतवार Updated
- / 224 Read
झापा मंसिर २३ । झापा गाउँपालिका–६ पुष्पाञ्जली टोल बस्ने ८३ वर्षीया फुलमाया मुर्मुको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही गाउँपालिकाको वडा नम्बर ७ बस्ने अजय यादव र झापाकै शिवसताक्षी नगरपालिका–७ बस्ने अशोक यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार गत शनिबार अपराह्न करिब साढे ४ बजे मुर्मु मृत अवस्थामा फेला परेको जानकारी प्रहरीले प्राप्त गरेको थियो । लगत्तै जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालय र प्रदेश प्रहरी कार्यालय केनाइन शाखा धरानबाट आएको कुकुरसहितको टोली अनुसन्धानमा खटिएको थियो । प्रहरीले खोजीका क्रममा दुई जनालाई झापा गाउँपालिका–७ मदरगाछबाट पक्राउ गर्न सफल भएको थियो । उनीहरूको साथबाट प्रहरीले लुटिएको कलर्स मोबाइल एक थान, साइकल एक थान पनि बरामद भएको छ । उनीहरूमाथि थप अनुसन्धान कार्य भइरहेको चन्दले जानकारी दिए ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR