२९ जेष्ठ २०८३,शुक्रबार

गृहमन्त्री लेखक : रविमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको छैन

  • ३० मंसिर २०८१,आईतवार Updated
  • / 214 Read

गृहमन्त्री लेखक : रविमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको छैन

काठमाडौं मंसिर ३० । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अनुसन्धानको क्रममा सरकारले प्रतिशोधको व्यवहार नगरेको दाबी गरेका छन् । २ कात्तिकमा सहकारीको रकम अपचलनको आरोपमा प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो । लामिछानेमाथि सत्ताले राजनीतिक प्रतिशोध साँधेको रास्वपाले आरोप लगाउँदै आएको छ । आइतबार चितवनमा पत्रकारको जवाफमा लामिछानेमाथि अनुसन्धान कानुन बमाजिम भएको र स्वैच्छाचारी ढंगले नभएको मन्त्री लेखकले दाबी गरे । ‘अनुसन्धान कानुनभन्दा बाहिर गए भइराखेको छैन । अदालतबाट प्रहरीले म्याद मागेको छ । अदालतले कानुन बमोजिम म्याद दिएको छ,’ गृहमन्त्री लेखकले भने । सरकार प्रत्येक व्यक्तिको मानव अधिकारप्रति प्रतिबद्ध रहेको दाबी गर्दै लेखकले भने, ‘प्रत्येक नागरिकको मानवधिकारप्रति सरकार सचेत छ । चाहे थुनवामा रहेको मानिस होस् । चाहे कारागार, हिरासतमा रहेको होस् ।’

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page