२९ जेष्ठ २०८३,शुक्रबार

विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला :

  • ५ पुष २०८१,शुक्रबार Updated
  • / 239 Read

विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला :

काठमाडौं पुस ५ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ बाबाथानस्थित कमलशा शिवालयको सत्संग भवनमा भारत पिलिभित ग्राम अन्दर कोदिभुड बस्ने ७० वर्षीय तल्लु राम राजभर मृत अवस्थामा फेला परेका छन् । यता रौतहट, इशनाथ नगरपालिका–६ बस्ने २८ वर्षीय लालु राउत आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै पर्साको जगरनाथपुर गाउँपालिका–२ दसौता टोलस्थित सडक छेउमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६० वर्षीय महिला मृत अवस्थामा फेला परेकी छिन् । ललितपुर महानगरपालिका–१८ जलविनायक बस्ने २४ वर्षीय गौरव थापा मगर काठमाडौँ कीर्तिपुर र ललितपुरको सिमानास्थित बागमती खोलामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page