२ भाद्र २०८३,मंगलवार

प्रधानमन्त्री र पाकिस्तानका राजदूतबिच सार्क शिखर सम्मेलनबारे छलफल :

  • ९ पुष २०८१,मंगलवार Updated
  • / 210 Read

प्रधानमन्त्री र पाकिस्तानका राजदूतबिच सार्क शिखर सम्मेलनबारे छलफल :

काठमाडौं  पुस ९ । नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर राजदूत हस्मीले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् । भेटमा दुुई पक्षीय सम्बन्ध सहित व्यापार, पर्यटन, कृषि, नवीकरणीय ऊर्जा, विपद् व्यवस्थापन लगायतबारे छलफल भएको छ । भेटमा प्रधानमन्त्री ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई सक्रिय बनाउन अध्यक्ष मुलुकका नाताले आफूहरूले पहल गरिरहेको र यसमा आबद्ध मुलुकले रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । उनले कुनै दुई मुलुकबिचमा आपसी समस्या हुन सक्ने भए पनि त्यसको प्रतिकूल प्रभाव सार्कजस्ता क्षेत्रीय सङ्गठनमा पर्न नहुनेमा जोड दिँदै नेपालले ‘सबैसँग मित्रता र छैन कसैसँग शत्रुता’ भन्ने भावनाका साथ सार्वभौम र स्वतन्त्र मुलुकका हिसाबले न्यायोचित राष्ट्रिय हितलाई ध्यानमा राखेर सम्बन्ध विस्तार र सहकार्य गर्दै आएको स्पष्ट गरेका छन् । राजदूत हस्मीले पाकिस्तानामा सार्क शिखर सम्मेलन आयोजना गर्न तयार रहेको बताएका छन् ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page