२ भाद्र २०८३,मंगलवार

हाइटीमा गोली चल्दा २ पत्रकारसहित ३ जनाको मृत्यु :

  • १० पुष २०८१,बुधबार Updated
  • / 202 Read

हाइटीमा गोली चल्दा २ पत्रकारसहित ३ जनाको मृत्यु :

काठमाडौं पुस १० । क्यारेबियन देश हाइटीको प्रमुख सरकारी अस्पताल पुनः खोल्ने घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा एक हतियारधारी व्यक्तिले गोली चलाएका छन् । हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्समा भएको गोलीकाण्डमा तीन जनाको ज्यान गएको छ भने अन्य कैयौं घाइते भएका छन् । गोली चल्दा पत्रकारहरू स्वास्थ्य मन्त्रीलाई पर्खिरहेका थिए । खबरका अनुसार गोली लागेर दुई जना पत्रकार र एक जना प्रहरीको मृत्यु भएको छ । हमला भिभ अन्सानम समूहले गराएको थियो । यो गोलीबारीपछिका कयौँ भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । हाइटी क्यारिबियन सागर मा स्थित एक देश हो।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page