२ भाद्र २०८३,मंगलवार

भोजपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ घाइते :

  • ११ पुष २०८१,बिहीबार Updated
  • / 224 Read

भोजपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ घाइते :

काठमाडौं पुस ११ । भोजपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ९ जना घाइते भएका छन् । भोजपुर नगरपालिका–५ डाँडाटोलमा प्रदेश १–०२–००२ च ६९२३ नम्बरको जिप बिहीबार बिहान दुर्घटनामा परेको भोजपुरका डीएसपी युवराज तिमल्सिनाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेकोले हेलिकप्टर मार्फत काठमाडौं पठाइएको छ भने बाँकीको भोजपुर अस्पताल र विराटनगरको नोबेल अस्पतालमा उपचार भइरहेको उनले बताए  ।
 

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page