२ भाद्र २०८३,मंगलवार

हामी मधेशी होइनौ हामी मैथिल हौ: हिन्दु सम्राट नेपाल

  • १९ पुष २०८१,शुक्रबार Updated
  • / 518 Read

हामी मधेशी होइनौ हामी मैथिल हौ: हिन्दु सम्राट नेपाल

हामी मधेशी होइनौ हामी मैथिल हौ: हिन्दु सम्राट नेपाल ।
   तराई समथल भु-भागमा बसोबास गर्ने ब्यक्ती को आफ्नै पहिरन र भाषा छ।प्रायजसो उनिहरु मधेशी नभै आफुहरु मैथिल मिथिला भाषि रहेको र आफुहरु मधेशी होइनौ मैथिल हौ भन्छन।


   त्यस्तै जनवरी १ मा राष्ट्रीय पोसाक दिवस मनाइरहदा पहाड मा टोपी दिवस र मधेस मा धोती दिवस-केही राजनैतिक पार्टी र ब्यक्ती बाहेक अरु कुनै स्तरबाट उत्सहाजन कार्यक्रम देखिएन।

 मधेशमा अस्तित्वको लडाइ लडिरहेका हिन्दु सम्राट नेपाल ले भने आफुहरुको पहिरनमा केही मधेशबादी नेता ले राजनैतिक गर्न खोजेको र हामिहरु मधेशी होइन मैथिल हौ,अध्यक्ष राजेश यादब ले भन्नू भयो।

त्यस्तै जानकी मन्दिर को प्राङ्गणमा कार्यक्रम समेत आयोजना गरिएको थियो। धोती कुर्ता कुनै एक समुदाय को पहिरन नभै पुरै सनातनिको पहिरन हो उहाँ ले भन्नू भयो,भगवान कृष्ण देखि राम सम्म को पहिरन धोती हो,जन्मिदा देखि मृत्यु सम्म पुजा गर्दा लाउने बस्त्र धोती हो,धोती माथी राजनिती गर्नु दुर्भाग्य हो समेत भन्नू भयो।मधेशी र पहाडी लाई फेरि धोती र टोपीमा अल्झ्याउने काम हुदैछ अब यो स्विकार्य न हुने र हिन्दु राष्ट्र को निम्ती अब सम्पुर्ण नेपाली एकजुट हुनुपर्छ समेत भन्नू भयो।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page