पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति साबिक पार्टीमा फर्किएर क्रियाशील हुनु उहाँहरूको मात्र सरोकारको विषय होइन : बाबुराम भट्टराई,
- २३ पुष २०८१,मंगलवार Updated
- / 140 Read
पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति साबिक पार्टीमा फर्किएर क्रियाशील हुनु उहाँहरूको मात्र सरोकारको विषय होइन : बाबुराम भट्टराई,
काठमाडौं पुस २३। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति आ–आफ्नै पूर्वपार्टीमा फर्केर क्रियाशील हुने कुरा सम्बन्धित व्यक्ति र पार्टीको मात्र सरोकारको विषय नभएको प्रतिक्रिया दिएका छन् । ‘पूर्व राष्ट्रपति र पूर्व उपराष्ट्रपति आआफ्नै पूर्व पार्टीमा फर्केर क्रियाशील हुने कुरा वहाँहरू र वहाँहरूको पार्टीको मात्र सरोकारको विषय हैन’, उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘यो हामीले संघर्ष गरेर ल्याएको लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली र संविधानको मूल अन्तरवस्तुको रक्षा र विकासको विषय हो।’ भट्टराईले यो सवाललाई एक दलीय प्रणाली कि बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीको पक्षधर भनेर देखाउने परीक्षासँग जोडेर व्याख्या गरेका छन् । ‘वहाँहरू दुवै ‘कम्युनिष्ट’ पृष्ठभूमिबाट आउनुभएकाले वहाँहरू र वहाँहरूका पूर्व पार्टीहरू परम्परागत रूपमा पार्टी र राज्यलाई एउटै मान्ने एक दलीय प्रणालीका पक्षधर हुन् कि हाम्रै विशेषताको बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीलाई अंगीकार गर्ने राजनीतिक शक्ति हुन् भन्ने परीक्षण गर्ने महत्त्वपूर्ण कसौटी पनि हो,’ उनले भनेका छन् । भट्टराईले पूर्व राष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा सक्रिय हुने कुरा सम्बन्धित पार्टीको मात्र सवाल नभएको भन्दै सबैको ध्यानाकर्षण पनि गराएका छन् ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR