२९ जेष्ठ २०८३,शुक्रबार

यात्रा अवधि छोटियो : भासिएको पुल नजिकैबाट दुईतर्फी डाइभर्सन,

  • २९ पुष २०८१,सोमबार Updated
  • / 224 Read

यात्रा अवधि छोटियो : भासिएको पुल नजिकैबाट दुईतर्फी डाइभर्सन,

काठमाडौं पुस २९ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको विनयी खोलामा पुल भासिएको स्थान नजिकैबाट दुईतर्फी डाइभर्सन बनाएपछि यात्राको अवधि छोटिएको छ । ‘गएरातिदेखि पुलको छेउँमै ह्युमपाइप राखेर दुईतर्फी डाइभर्सन बनेपछि करिब एक–डेढ घण्टा यात्रा छोटियो,’ नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले भने । पहिले पुल छेउँमै डाइभर्सन नहुँदा होङ्सी सिमेन्ट कारखानाको छेउ–छेउ हुँदै घुमाउरो यात्रा गर्नुपर्दथ्यो । ‘पुल छेउँबाटै गाडी गुड्न थालेपछि अब यात्रा पहिलेको जस्तै भयो,’ पोखरेलले भने । गत बिहीबार विनयी खोलाको पुल भाँचिएपछि यात्रा घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page