Flash News ::
२ युवाको मृत्यु : कपिलवस्तुमा मोटरसाइकल दुर्घटना,
Posted By -Rakesh Kumar Raut
- ३ माघ २०८१,बिहीबार Updated
- / 221 Read
बुटवल माघ ३। कपिलवस्तुमा गएराति दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । घटनामा एक जना घाइते छन् । कपिलवस्तुको वाणगंगा नगरपालिका ११ स्थित भित्री सडकखण्डमा नेपाली र भारतीय नम्बरका दुई मोटरसाइकल आपसमा ठोक्किएका हुन् । मृत्यु हुनेमा लु १० प ४४९६ नम्बरको मोटरसाइकल चालक रुपन्देहीको सैनामैना–४ बस्ने वर्ष २७ को रोमन थारु र यूपी ५५ ए एच ७०९० नम्बरको मोटरसाइकलका चालक कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका ३५ वर्षीय नेहामन अली रहेका छन् । दुर्घटनामा घाइते २६ वर्षीय अजय थारुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अस्पतालमा उपचारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता एवम् डिएसपी डिएसपी मोहनमणि अधिकारीले जानकारी दिए ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR