सबैको सनाखत : भारत रेल दुर्घटनामा मृत्यु हुने नेपालीको संख्या ७ पुग्यो,
- ११ माघ २०८१,शुक्रबार Updated
- / 229 Read
काठमाडौं माघ ११ । भारतको महाराष्ट्र राज्य अन्तर्गत जलगाउँ जिल्लाको परधाडे स्टेसन नजिकै भएको रेल दुर्घटनामा परी मृत्यु हुने नेपालीको संख्या ७ पुगेको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार मृत्यु हुनेमा अछामका ४ जना, कैलालीका २ जना र बाँकेका एक जना रहेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार मृत्यु हुनेमा अछाम मंगलसेनका ११ वर्षीय हिमुनन्दराम विश्वकर्मा, ४४ वर्षीय नन्दराम पद्म विश्वकर्मा, ४२ वर्षीया मैसारा कामी विश्वकर्मा र अछाम कमलबजारकी ६० वर्षीया जोक्ला उर्फ कला कामी रहेका छन् । रेल दुर्घटनामा परी मृत्यु हुनेमा कैलालीकी ४३ वर्षीया कमला नवीन भण्डारी र ४० वर्षीय लछिराम पासी रहेका छन् । यसै गरी बाँकेको डंडुवाका ३२ वर्षीय राधेश्याम राधको पनि मृत्यु भएको छ । दुर्घटनामा मृत्यु भएका नेपालीहरूको शव नेपाल ल्याउन तथा घाइतेहरूको शीघ्र उपचारका लागि सरकारले नयाँ दिल्लीस्थित नेपाली राजदूतावास र काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत भारत सरकारका सम्बन्धित निकायहरूसँग समन्वय एवं सहजीकरण गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। ९ माघ साँझ करिब ५:०५ बजे भएको रेल दुर्घटनामा परी १२ जनाको मृत्यु भएको थियो ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR