२ भाद्र २०८३,मंगलवार

२ करोडको क्षति : रौतहटको दुई स्थानमा आगलागी

  • ६ बैशाख २०८२,शनिबार Updated
  • / 256 Read

२ करोडको क्षति : रौतहटको दुई स्थानमा आगलागी

रौतहट वैशाख ६ । रौतहटको छुटाछुटै दुई स्थानमा भएको आगलागीबाट झन्डै दुई करोडको धनमाल जलेर नष्ट भएको छ। जिल्ला सदरमुकाम गौर र भारतीय सीमासँग जोडिएको बौधिमाई नगरपालिका कोपवा गाउँमा भएको आगलागीबाट उक्त क्षति भएको हो।

आगलागीबाट गोदाममा रहेको १ करोड मूल्य बराबरको कपडा र चप्पल, १ थान मोटरसाइकल, ३ तल्ले घर गरी कुल १ करोड ७६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपककुमार रायले बताए। घटनाको खबर प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय कोपवा पिपरीयाबाट वरिष्ठ सई कुमार सेढाईको कमान्डमा गएको टोली, गौर नगरपालिकाको दमकल , बौधीमाईको दमकल र गाउँलेको सहयोगमा राति ९ बजे आगलागी नियन्त्रणमा आएको थियो । घटनामा मानवीय क्षति भने हुन पाएन ।

त्यसैगरी गएराति ९ बजे गौर कबिर चोक स्थित स्थानीय कृष्णनन्दन पेटलको बास र खरले छाएको कच्ची घरमा अचानक  आगलागी भएको थियो। आगलागीबाट ४ लाख बराबरको कच्ची घर, बनाउन राखेको ५ थान मोटरसाइकल, पानी तान्ने मोटर १ थानलगायत २१ लाख  बराबरको समान जलेको प्रवक्ता तथा डीएसपी दीपक कुमार रायले जानकारी दिएका छन्।

बौधिमाई नगरपालिका ५ कोपवा बस्ने धर्मेन्द्र जैसवालको ३ तल्ले पक्की घरको अन्डर ग्राउन्डमा रहेको गोदाम घरमा गएराति साढे ८ बजे अचानक विद्युत तार सर्ट भई आगलागी भएको थियो।

दुवै घटनामा १ करोड ९७ लाख बराबरको सम्पत्ति जलेर नष्ट भएको छ। तराई मधेशमा गर्मियाम सुरु हुनासाथ आगलागीको घटनामा वृद्धि भएको छ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page