शिक्षामन्त्रीको राजीनामा : गृहमन्त्रीले जनाए अनभिज्ञता
- १० बैशाख २०८२,बुधबार Updated
- / 266 Read
काठमाडौं वैशाख १० । गृहमन्त्री रमेश लेखकले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाबारे आफू अनभिज्ञ रहेको बताएका छन् । बुधबार सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।
आन्दोलनरत शिक्षकहरूको मागका बारेमा सरकार गम्भीर रहेको भन्दै उनले सम्भव भएसम्म सरकारले अहिले गर्न सक्ने माग सम्बोधन गर्न तयार रहेको बताए ।
उनले भने,’शिक्षक साथीहरूको प्रदर्शन आन्दोलनको कुरा छ । त्यसका बारेमा गम्भीरतापूर्वक कुराकानी भइरहेको छ । हिजो साँझ पनि कुरा भएको छ । अहिले गर्न सक्ने माग सम्बोधन गर्न सरकार तयार छ ।’
सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेबीच कुनै समस्या नरहेको भन्दै उनले भने, ‘जहाँसम्म शिक्षामन्त्रीको राजीनामाको सवाल छ । उहाँले राजीनामा दिनुभएको छ । प्रधानमन्त्रीसँग उहाँको कुरा भएको छ । उहाँसँग के कुरा भएको छ, के कारणले कसरी दिनुभएको छ उहाँले भन्नु भएको होला ।’
गृहमन्त्री लेखकले आन्दोलनरत शिक्षकहरूसँग सरकारले वार्ता गरिरहेको र आज पनि छलफल हुने बताए ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR