Flash News ::
तनहुँ : रुकुमपश्चिमबाट आएको बस टिपरसँग ठोक्कियो,
Posted By -Rakesh Kumar Raut
- ७ जेष्ठ २०८२,मंगलवार Updated
- / 274 Read
तनहुँ जेठ ६ । रुकुमपश्चिमबाट आएको बस तनहुँको डुम्रेमा दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका छन् ।
प्रदेश १–०१–००१ ख ४१५२ नम्बरको बस र विपरीत दिशामा रहेको बागमती प्रदेश ०१–००१–अ–यू ००५७ नम्बरको टिपर आज बिहान बन्दीपुर नगरपालिका–१ डुम्रे नजिक ठोक्किएका हुन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँले यम्पाबाट डुम्रे आउँदै गरेको टिपर र रुकुमबाट काठमाडौं जाँदै गरेको बस ठोक्किएको पुष्टि गर्दै दुर्घटनाको विस्तृत विवरण केहीबेरमा सार्वजनिक गर्ने जनाएको छ ।
घाइतेहरुको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको छ । प्रहरीका अनुसार बस चालकको अवस्था गम्भीर छ ।
प्रहरीका अनुसार सो टिपर मुग्लिन–पोखरा सडकखण्ड विस्तार आयोजनाको हो ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR