Flash News ::
२ युवक पक्राउ : २ बालिकालाई बलात्कार गरेको आरोपमा
Posted By -Rakesh Kumar Raut
- १३ जेष्ठ २०८२,सोमबार Updated
- / 291 Read
काठमाडौं जेठ १२ । पक्राउ पर्नेहरुमा संखुवासभाको चिचिला गाउँपालिका-२ घर भएका ३५ वर्षीय तुफान राई र सोही गाउँपालिका ३ का २८ वर्षीय प्रकाश राई छन् ।
उनीहरुले ७ जेठमा खाँदबारी बजार घुम्न आएका १६ र १७ वर्षीया बालिकालाई ललाई फकाई बलात्कार गरेको पाइएको संखुवासभा प्रहरीका इन्स्पेक्टर तथा सूचना अधिकारी अभिषेक कुमार श्रेष्ठले बताए ।
खाजा खाने, घुम्न जाने भन्दै मोटरसाइकलमा राखेर खाँदबारीको एक होटलमा लगेर उनीहरुले बलात्कार गरेको आरोप छ । पीडित बालिकाको तर्फबाट जाहेरी पछि प्रहरीले आइतबार पक्राउ गरेर उनीहरुमाथि अनुसन्धान अघि बढाएको छ ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR