रौतहट : लागूऔषधसहित स्याङ्जाका युवक पक्राउ
- १३ असार २०८२,शुक्रबार Updated
- / 270 Read
जिल्ला प्रहरी कार्यालय रौतहटले ठुलो परिमाणमा लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ आउँदै गरेका स्याङ्जाका ३१ वर्षीय निलकुमार थापा मगरलाई १५० एम्पुल लागू औषधसहित गौर भन्सार क्षेत्रबाट पक्राउ गरिएको हो।
प्रहरीले उनको साथबाट नुफिन ५० एम्पुल, सेरेजेक ५० एम्पुल र फेनारगन ५० एम्पुल गरी जम्मा १५० एम्पुल लागू औषध तथा एउटा मोबाइल फोन बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दिपक कुमार रायका अनुसार, बुधबार भन्सार सुरक्षा गार्डबाट खटिएको प्रहरी टोलीले गौर नगरपालिका वडा नं। १ स्थित भन्सार कार्यालय अगाडि जाँच गर्ने क्रममा मगरलाई नियन्त्रणमा लिएको हो। भारतबाट पैदल नेपाल प्रवेश गरिरहेका उनीमाथि शंका लागेर जाँच गर्दा उनको साथबाट उक्त लागू औषध बरामद भएको थियो।
पक्राउ परेका मगरलाई लागू औषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी रौतहट जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR