दुर्घटना : लण्डनको साउथएन्ड विमानस्थलमा हवाईजहाज
- ३० असार २०८२,सोमबार Updated
- / 325 Read
काठमाडौं असार ३० । बेलायतको लन्डनस्थित साउथएन्ड विमानस्थलमा एउटा सानो विमान दुर्घटना भएको छ । विमान उडेलगत्तै खसेर आगो लागेको थियो । विमान दुर्घटनामा भएको मानवीय क्षतिको विवरण भने आइसकेको छैन ।
श्रीमती र छोराछोरीसँग विमानको गतिविधि हेर्न विमानस्थल गएका जोनसनले बीबीसीसँग भनेका छन्, ‘उडेको केही सेकेन्डमै विमान झन्डै उल्टो भयो र जमिनमा खस्यो । त्यहाँ ठूलो विस्फोट भयो र धुवाँको मुस्लो देखियो ।’
यो दुर्घष्टना पछि अनिश्चितकालका लागि विमानस्थल बन्द गरिएको छ । यात्राका लागि टिकट काटेका यात्रुहरूलाई सम्बन्धित विमान कम्पनीहरुलाई सम्पर्क गर्न भनिएको छ ।
विमानमा कति जना चढेका थिए र उनीहरुको अवस्था के छ भन्ने अहिले खुलिसकेको छैन । विमान दुर्घटनाको कारण पनि खुलेको छैन । प्रहरीले हवाई दुर्घटना जाँच शाखासँग मिलेर अनुसन्धान गरिरहेको जनाएको छ ।
वरिष्ठ प्रहरी प्रमुख मोर्गन क्रोनिनले भनेका छन्, ‘प्रारम्भिक चरणमा हामीलाई आवश्यक सबै जानकारी संकलन गर्नु अत्यावश्यक छ र पीडितलाई निरन्तर सहयोग जारी राख्नुपर्ने छ ।’
प्रहरीले मानिसहरूलाई आपतकालीन सेवाका फोनलाइनहरू खुला गरेको जानकारी दिँदै सो घटनासम्बन्धी सूचना दिनका लागि ‘मेजर इन्सिडेन्ट पोर्टल’ प्रयोग गर्न आग्रह गरेको छ ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR