४ भाद्र २०८३,बिहीबार

भदौ २३ यता कांग्रेस–एमाले सहयात्री होइनन् : प्रचण्ड

  • १४ फाल्गुन २०८२,बिहीबार Updated
  • / 126 Read

भदौ २३ यता कांग्रेस–एमाले सहयात्री होइनन् : प्रचण्ड

 

काठमाडौं, १४ फागुन — पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्तिलाई तोडमोड गरेर प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले विगतको राजनीतिक सहकार्यको प्रसंगलाई वर्तमान चुनावी तालमेलसँग जोडेर व्याख्या गरिएको बताएका हुन्।

उनले विस्तृत शान्ति सम्झौता र संविधानसभा कालखण्डमा आवश्यक परेमा कांग्रेस र एमालेसँग सहकार्य गरिएको स्मरण गराउँदै अहिले पनि संविधान, गणतन्त्र र संघीयताको रक्षाका सवालमा मात्रै सहकार्यको कुरा उठाएको स्पष्ट पारे।

यसअघि विदेशी शक्तिविरुद्ध राष्ट्रिय शक्तिहरू एकजुट हुनुपर्ने अभिव्यक्ति दिएका उनले त्यसलाई चुनावी तालमेलसँग जोड्नु गलत भएको बताए।

प्रचण्डले भने, “संविधान, शान्ति प्रक्रिया र प्राप्त उपलब्धि जोगाउन आवश्यक परे संवाद र सहकार्य हुन सक्छ, तर त्यसलाई अहिलेको चुनावी गठबन्धनसँग जोडेर अर्थ लगाइनु अचाक्ली हो।”

उनले कांग्रेस–एमाले भदौ २३ अघिसम्मका राजनीतिक सहयात्री रहेको तर त्यसयताका गतिविधिमा सहयात्रा नभएको दाबी गरे।

उनका अनुसार गणतन्त्र, संघीयता, समावेशिता तथा महिला, दलित, आदिवासी, मधेशी, मुस्लिम र थारू समुदायले पाएका अधिकारमाथि खतरा उत्पन्न भए सबैसँग सहकार्य गर्न सकिनेछ, तर वर्तमान सन्दर्भमा कांग्रेस–एमालेसँग कुनै तालमेलको प्रक्रिया नरहेको स्पष्ट पारे।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page