Flash News ::
तोलामा ३ लाख २८ हजार ६ सय पुग्यो सुन, एकैदिन ८ हजार १ सयले वृद्धि
Posted By -लोक आवाज
- १९ फाल्गुन २०८२,मंगलवार Updated
- / 125 Read
काठमाडौं। नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन लाख २८ हजार ६ सय रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य उक्त दरमा कायम भएको हो।
यसअघि आइतबार प्रतितोला तीन लाख २० हजार ५ सय रुपैयाँ रहेको सुनको मूल्य एकैदिन ८ हजार १ सय रुपैयाँले बढेको महासंघले जनाएको छ। प्रतिदश ग्राम सुनको मूल्य दुई लाख ८१ हजार ७ सय २० रुपैयाँ निर्धारण गरिएको छ।
चाँदीको मूल्य भने घटेको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ८ सय १५ रुपैयाँ र प्रतिदश ग्राम ४ हजार ९ सय ८५ रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला ५ हजार ९ सय ८५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावका कारण स्थानीय बजारमा पनि मूल्यमा परिवर्तन आएको महासंघले जनाएको छ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR