३ भाद्र २०८३,बुधबार

Coca-Cola को पेयमा मनपरी मूल्य? ५० रुपैयाँको कोक ६०–७० रुपैयाँसम्ममा बिक्री

  • २७ फाल्गुन २०८२,बुधबार Updated
  • / 275 Read

Coca-Cola को पेयमा मनपरी मूल्य? ५० रुपैयाँको कोक ६०–७० रुपैयाँसम्ममा बिक्री

नेपालका विभिन्न स्थानमा उपभोक्ताले बजारमा पाइने Coca-Cola को मूल्यमा मनपरी भइरहेको गुनासो गरेका छन्। कम्पनीले ५० रुपैयाँ प्रिन्ट मूल्य राखेको कोक सामान्य पसलहरूमा नै ६० देखि ७० रुपैयाँसम्ममा बिक्री भइरहेको पाइएको उपभोक्ताहरूले बताएका छन्।

उपभोक्ताहरूका अनुसार गुनासो गर्न खोज्दा पनि सहज अवस्था नरहेको बताइएको छ। Coca-Cola को वेबसाइट वा आधिकारिक पेजमा राखिएको सम्पर्क नम्बरमा फोन गर्दा समेत नलाग्ने गरेको भन्दै “गुनासो गर्ने ठाउँ नै छैन, अब कहाँ खबर गर्ने?” भन्ने प्रतिक्रिया समेत उपभोक्ताबाट आएको छ।

यस्तै, B.P.  Highway (बीपी राजमार्ग) आसपासका केही होटल तथा रेष्टुरेन्टमा पनि खानाको मूल्य अत्यधिक लिने तर सेवा भने कमजोर हुने गरेको यात्रुहरूको गुनासो छ। एक यात्रुले राजमार्गमा पर्ने ‘स्टाफ होटल’ मा खाना खाँदा मूल्यअनुसारको सेवा नपाएको भन्दै असन्तुष्टि व्यक्त गरे।

उपभोक्ताहरूले बजारमा प्रिन्ट गरिएको मूल्यभन्दा बढी रकम असुल्ने तथा सेवा गुणस्तर कमजोर हुने विषयमा सम्बन्धित निकायले अनुगमन गरी आवश्यक कारबाही गर्नुपर्ने माग गरेका छन्।


 

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page