२९ जेष्ठ २०८३,शुक्रबार

पुराना दल छाडेर रास्वपाबाट ४२ सांसद निर्वाचित

  • २७ फाल्गुन २०८२,बुधबार Updated
  • / 123 Read

पुराना दल छाडेर रास्वपाबाट ४२ सांसद निर्वाचित

 काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित सांसदहरूमध्ये ४२ जना पुराना दल छाडेर आएका नेता रहेका छन्।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र मधेशकेन्द्रित दल त्यागेर रास्वपा प्रवेश गरेका ती उम्मेदवारहरू निर्वाचनमा विजयी भएको तथ्यांकले देखाएको छ।

रास्वपाले प्रत्यक्षतर्फ जितेका सांसदहरूमध्ये दीपककुमार साह, सन्तोष राजवंशी, रामजी यादव, अमरकान्त चौधरी, सीताराम साह, रामविनोद यादव, राजकिशोर महतो, प्रमोदकुमार महतो, उज्ज्वलकुमार झा, नरेन्द्र साह कलवार, राजेशकुमार चौधरी, रवीन्द्र पटेल, गणेश पौडेल, गणेश धिमाल, चन्दनकुमार सिंह, रहबर अन्सारी, सुशीलकुमार कानु, रामाकान्तप्रसाद चौरासिया, टेकबहादुर शाक्य, सुनील केसी, प्रदीप विष्ट, रुकेश रञ्जित, बदनकुमार भण्डारी, बोधनारायण श्रेष्ठ, स्वर्णिम वाग्ले, श्रीराम न्यौपाने, सागर भुसाल, सुशील खड्का, उत्तमप्रसाद पौडेल, धनञ्जय रेग्मी, कन्हैया बनिया, विक्रम खनाल, नरेन्द्र गुप्ता, विक्रमसिंह थापा, डा. माधव थापा, देवराज पाठक, खगेन्द्र सुनार, सुरेशकुमार चौधरी, ठाकुरसिंह थारू, श्रीधर पोखरेल, रमेशकुमार सापकोटा र कोमल ज्ञवाली रहेका छन्।

यीमध्ये सबैभन्दा धेरै १७ जना सांसद मधेश प्रदेशबाट दल परिवर्तन गरेर रास्वपाबाट निर्वाचित भएका छन्। पुराना दलप्रति असन्तुष्टि र ‘परिवर्तन’को नारासँगै उनीहरूले रास्वपालाई नयाँ राजनीतिक विकल्पका रूपमा रोजेको बताइएको छ।
 

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page