Flash News ::
इनिशा विकलाई न्याय दे भन्दै माइतीघर मण्डलामा प्रदर्शन
Posted By -लोक आवाज
- २७ फाल्गुन २०८२,बुधबार Updated
- / 141 Read
काठमाडौं।सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाले देशभर विरोध प्रदर्शन चर्किएको छ। उक्त घटनाको विरोधमा आज माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। प्रदर्शनमा सहभागीहरूले दोषीलाई कडा कारबाही गर्न र दलित समुदायमाथि भइरहेका हिंसात्मक घटनाको अन्त्य गर्न माग गरेका छन्। उनीहरुले ‘सरकार बदलियो समाज बदलिएन, महिला हिंसा अन्त्य गर, इनिशा विकलाई न्याय दे’लगायतका व्यानर बोकेका थिए । देशभर महिलामाथि बढ्दो हिंसा, बलात्कार र हत्याका घटनाको विरोध गर्दै पीडितलाई न्याय दिलाउन युवाहरु र दलित अधिकारकर्मीहरुले प्रदर्शन गरेका हुन्।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR