Flash News ::
कपिलवस्तु : सवारी दुर्घटना, दुई जनाको मृत्यु
Posted By -लोक आवाज
- ८ कार्तिक २०८१,बिहीबार Updated
- / 313 Read
कपिलवस्तु कात्तिक ८ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२, गोरुसिंगेमा जिपले अटोलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको बा.प्र.०१–०२९ च. ९१५० नम्बरको जिपले विपरीत दिशाबाट आइरहेको लु.१ ह. ३०९२ नम्बरको अटोलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार मृत्यु हुनेमा बुद्ध भूमि नगरपालिका–१०, जनकपुरका ७२ वर्षीया सरस्वती पासी र ७५ वर्षका सावर केवटको मृत्यु भएको छ। दुर्घटनामा अटो चालक लोकबहादुर कुँवर, यात्रुहरू विद्यावती पासी, भानमती पासी र जवाहिर अहिर घाइते भएका छन् । घाइतेको चारै जनालाई उपचार गर्न बुटवलमा ल्याएको प्रहरीले जनाएको छ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR